Kathmandu Press

‘कांग्रेस–एमाले एक ठाउँ हुँदा अर्थतन्त्र बलियो हुन्छ, सरकार स्थिर रहन्छ’

‘२८ गते विश्वासको मत प्रधानमन्त्रीले लिन्छु भन्नु भएको छ, विश्वासको मत लिने अधिकार संविधानले नै दिएको छ,’ उलने भने, राजीनामा गर्नुपर्छ या त विश्वासको मत छिटो ल्याउनुपर्छ भनेर केही हुनेवाला छैन यो सबै अधिकार संविधानले दिएको हुनाले यसमा हतार गर्नु उचित हुँदैन।’
‘कांग्रेस–एमाले एक ठाउँ हुँदा अर्थतन्त्र बलियो हुन्छ, सरकार स्थिर रहन्छ’

काठमाडौं, असार २५ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुईटा ठुला दल कांग्रेस र एमाले मिलेर आलोपालो गरेर सरकारमा जाने निर्णय गरेको पनि बताए।

खगेन्द्र न्यु लाइफ एजुकेशन सेकेन्डरी स्कुल जोरपाटीले आयोजना गरेको एक कार्यक्रममा उनले विश्वासको मत लिने प्रधानमन्त्रीको संवैधानिक भएकाले राजीनामा गर्नुपर्छ भनेर हतार गर्नु उपयुक्त नहुने बताए।

‘२८ गते विश्वासको मत प्रधानमन्त्रीले लिन्छु भन्नु भएको छ, विश्वासको मत लिने अधिकार संविधानले नै दिएको छ,’ उलने भने, राजीनामा गर्नुपर्छ या त विश्वासको मत छिटो ल्याउनुपर्छ भनेर केही हुनेवाला छैन यो सबै अधिकार संविधानले दिएको हुनाले यसमा हतार गर्नु उचित हुँदैन।’

Hardik ivf

अहिले मिडियामा कुन रूपको सरकार बन्ने हो भन्ने विषयमा टिकाटिप्पणी भइरहेका बेला नेता डा.कोइरालाले सरकार ७६ (२) कै सरकार बन्नेमा विश्वस्त रहन आग्रह गरे।

‘शेखर त ७६ (३) कै सरकार खोजिराखेको छ भन्ने हल्ला सुनेँ। तर मैंले  पहिले नै भनिसकेको छु हामीलाई स्थिर सरकार चाहिएको हो,’ उलने भने, ‘अब अर्थतन्त्रलाई  अगाडि बढाउने हिसावले दुई दल कांग्रेस र एमाले मिलेका हौं।’

यस्तै नेता कोइरालाले शिक्षाको अवस्था निकै नाजुक रहेको बताए। ‘शिक्षाको कुरा अहिले सबैलाई थाहा छ, हामी कस्तो शिक्षाबाट गुज्रिरहेका छौं,यस्तो नाजुक अवस्थामा पनि धेरै विद्यार्थीहरूले एसईइमा राम्रो नतिजा लिएर  पास हुनु भएको छ,’ उनले भने।

नेता कोइरालाले अहिले देशमा शिक्षा मात्र होइन राजनीतिमा पनि के हुँदैछ भन्ने जनमानसको चासो रहेको बताए।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, कांग्रेस नेता लोकेश ढकाल, भुपेन्द्र थापा, गोकर्णेश्वर नगरपालिका वार्ड नं–५ का वडाध्यक्ष नारायण सुवेदी, वार्ड नं–६ का वडाध्यक्ष नबराज लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश अर्याललगायत उपस्थित थिए।

प्रकाशित मिति: १८:१९ बजे, मंगलबार, असार २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्