Kathmandu Press

सरकारले ५० हजार बढी स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने 

काठमाडौं, चैत २३ : सरकारले कोरोना भाइरस रोगथाम तथा नियन्त्रणको अभियानमा ५० हजारभन्दा बढी स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गर्ने भएको छ। 

....
सरकारले ५० हजार बढी स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने 

काठमाडौं, चैत २३ : सरकारले कोरोना भाइरस रोगथाम तथा नियन्त्रणको अभियानमा ५० हजारभन्दा बढी स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गर्ने भएको छ। 

आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देशभर रहेका ५० हजारभन्दा बढी स्वास्थ्य स्वयसेविकालाई कोरोना भाइरस रोगथाम र उपचारका लागि परिचालन गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए। 

उनका अनुसार स्वयंसेविकाहरूलाई विशेष भत्ता र बीमा व्यवस्था गरेर खटाइने छ। ‘कोरोना रोकथाममा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा सबै कर्मचारीको बीमा तथा सुविधालाई थप स्पष्ट पार्ने निर्णय पनि भएको छ,’ बिडारीले भने । 

 सरकारले यसअघि नै कोरोना रोकथाम र उपचारमा खटिएका चिकित्सकहरुलाई २६ लाख बीमा र  प्रोत्साहन भत्ता दिने निर्णय गरिसकेको छ। 
 

प्रकाशित मिति: २०:५२ बजे, आइतबार, चैत २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्