Kathmandu Press

भक्तपुरमा स्कुटर दुर्घटना हुदाँ एकको मृत्यु

सुर्यविनायक नगरपालिका–५ का २२ बर्षिय रामराजा थापा मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। 
भक्तपुरमा स्कुटर दुर्घटना हुदाँ एकको मृत्यु

भक्तपुर, असार २५ : भक्तपुरमा दुई वटा स्कुटर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। 

मंगलबार प्र २ ०२२ प १७४८ र प्र २ ०१७ प ५०१२ नम्बरको स्कुटर एक आपसमा ठोकिएर दुर्घटना हुदाँ सुर्यविनायक नगरपालिका–५ का २२ वर्षीय रामराजा थापामगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।

टाउकोमा चोट लागेका थापा मगरलाई भक्तपुर अस्पताल लगिएको थियो भने सामान्य चोट लागेकी प्र २ ०१७  प ५०१२ मा सवार ४९ बार्षिया पार्वती नगरकोटीलाई उपचारका लागि मध्यपूर अस्पताल लगिएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १७:३४ बजे, मंगलबार, असार २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्