Kathmandu Press

मधेस प्रदेशका माओवादी संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव

प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारीको हस्ताक्षर गरी साहविरूद्ध अविश्वास प्रस्ताव पेश गरेका हुन्।
मधेस प्रदेशका माओवादी संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव

काठमाडौं, असार २५ : नेकपा माओवादी केन्द्र मधेस प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउन दुई तिहाइ प्रदेश सभा सदस्यहरूले अविश्वास प्रस्ताव पेश गरेका छन्।  

मधेस प्रदेशमा माओवादीका ९ जना प्रदेशसभा सदस्यमध्ये ६ जनाले अविश्वास प्रश्ताव पेश गरेका हुन्। प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारीको हस्ताक्षर गरी साहविरूद्ध अविश्वास प्रस्ताव पेश गरेका हुन्।

Hardik ivf

माओवादी संसदीय दलको विधान अनुसार दलको सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि दलको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्ने उल्लेख छ।

उक्त प्रस्तावबारे पूर्व सूचना संसदीय दलको नेताको हकमा उपनेतालाई दिनुपर्ने विधानमा व्यवस्था छ।

लिखित सूचना प्राप्त भएपछि उपनेता भट्टराईले विधान अनुसार १५ दिनभित्र बैठक बोलाउन प्रमुख सचेतकलाई निर्देशन समेत दिएका छन्।

 

प्रकाशित मिति: १७:२८ बजे, मंगलबार, असार २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्