Kathmandu Press

नेप्से दोहोरो अंकले बढ्यो, साढे पाँच अर्ब बढीको कारोबार

१६८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ६८ कम्पनीको सेयर मूल्य घटेको छ। १० कम्पनीको सेयर मूल्य भने स्थिर छ। आज पाँच अर्ब ५३ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
नेप्से दोहोरो अंकले बढ्यो, साढे पाँच अर्ब बढीको कारोबार

काठमाडाैं, असार २५ : मंगलबार नेप्से परिसूचक १५.७९ अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक मंगलबार ०।७३ प्रतिशतले बढेर २१५२।१४ विन्दुमा बन्द भएको हो।

१६८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ६८ कम्पनीको सेयर मूल्य घटेको छ। १० कम्पनीको सेयर मूल्य भने स्थिर छ। आज पाँच अर्ब ५३ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यसदिन गणपति लघुवित्त र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । म्युचुअल फन्ड समूहको परिसूचक भने स्थिर छ।

प्रकाशित मिति: १६:३५ बजे, मंगलबार, असार २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्