Kathmandu Press

‘धेरै बाठो हुँदा प्रचण्डले तीन बल्ड्याङ खाए’

‘वर्तमान प्रधानमन्त्रीले खेल बुझ्नु भएन। पुस १० गते तपाई जहाँ पुग्नुभयो त्यही दिनदेखि दशा शुरु भएको थियो। यसोभन्दा नराम्रो लाग्ला, तपाई कति पटक बालकोट जानुभयो, कति पटक बुढानिलकण्ठ पुग्नुभयो, यसरी राजनीति चल्छ?’ उनले भने ।
‘धेरै बाठो हुँदा प्रचण्डले तीन बल्ड्याङ खाए’

काठमाडौं, असार २५ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुईवटा ठूला पार्टी मिलेपनि मुलुकमा केही उपलब्धी हुन नसक्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै केसीले वर्तमान प्रधानमन्त्रीले खेल नबुझेको भन्दै अब केही गर्न नसक्ने बताए।

Hardik ivf

‘ठूलो पार्टीले अर्थ र गृह मन्त्रालय किन नलिएको भन्ने कुरा म राजनीति नजान्नेले पनि बुझेको थिए। बुढानिलकण्ठमा भएको विवादलाई आधार बनाएर बालकोट पुग्नुभयो त्यसको परिणाम प्रधानमन्त्रीले भोग्नु भएको छ,’ उनले भने, ‘अब दुईवटा ठूला पार्टी मिसिएपछि हुनेवाला केही छैन्, मुखको तितो पोख्ने मात्र हो।’

पछिल्लो समय संसदभित्रको दोस्रो पार्टीले प्रधानमन्त्रीलाई पाँचै वर्ष सत्तामा राख्न नदिएको भन्दै केसीले प्रधानमन्त्रीले बल्ल खेल बुझेको बताए।

‘वर्तमान प्रधानमन्त्रीले खेल बुझ्नु भएन। पुस १० गते तपाई जहाँ पुग्नुभयो त्यही दिनदेखि दशा शुरु भएको थियो। यसोभन्दा नराम्रो लाग्ला, तपाई कति पटक बालकोट जानुभयो, कति पटक बुढानिलकण्ठ पुग्नुभयो, यसरी राजनीति चल्छ?’ उनले भने, ‘पछिल्लो पटक तपाईंलाई पाँचै वर्ष सत्तामा राख्न संसदभित्रको दोस्रो पार्टी मिसिएको थिएन, अहिले बल्ल भोग्नुभयो।’

धेरै बाठो हुँदा प्रचण्डले तीन बल्ड्याङ्ङ खाएको पनि केसीले टिप्पणी गरे।

 

प्रकाशित मिति: १६:२३ बजे, मंगलबार, असार २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्