Kathmandu Press

खोला वरिपरि घर बनाउन सरकारले मापदण्ड बनाउनुपर्छः सांसद राणा

खोला वरिपरि घर बनाउन सरकारले मापदण्ड बनाउनुपर्छः सांसद राणा

काठमाडौं, असार २५ः नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित र असुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएकी हुन्।

Hardik ivf

उनले भनिन्, ‘नेपाल सरकारले कुन ठाउँमा बस्ती बसाउनलाई सुरक्षित हो, कुन ठाउँमा सुरक्षित होइन भनेर भनिदिनुपर्छ। भूमीसुधार मन्त्रालय छ, तर मन्त्रालयले जहाँको पनि जग्गा किनबेच गर्न दिन्छ। मध्यवर्ती क्षेत्र जीवजन्तुको सुरक्षाको लागि राखेका छौँ। तर, मान्छेको सुरक्षाको लागि पनि खोलाको वरिवरि घर बनाउनु हुँदैन। कहाँसम्म बनाउने, कहाँसम्म नबनाउने भन्ने मापदण्ड हाम्रो देशले पनि तयार पारेर दिनुपर्छ।’

उनले मानिसहरुले खोला वरिवरि घर बनाउँदा विपदमा पर्ने गरेको भन्दै खोला वरिपरि कति दूरीसम्म घर बनाउन सकिन्छ भन्नेमा मापदण्ड नै बनाउनुपर्ने बताइन्।

प्रकाशित मिति: १५:०४ बजे, मंगलबार, असार २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्