Kathmandu Press

एमाले–माओवादी समीकरण भत्किनुको कारण ओलीले दिनुपर्छ : सांसद दाहाल

एमाले–माओवादी केन्द्र बिच सत्ता समीकरण सुरु गर्नुको उद्देश्य र भत्काउनुको कारण ओलीले प्रष्ट पार्नुपर्ने बताएका छन् ।
एमाले–माओवादी समीकरण भत्किनुको कारण ओलीले दिनुपर्छ : सांसद दाहाल

काठमाडौं, असार २५ : नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन)ले एमाले–माओवादी केन्द्र बिचको सत्ता समीकरण भत्किनुका कारणबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनु पर्ने माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीकै प्रस्तावमा एमाले–माओवादी केन्द्र बिच सत्ता समीकरण सुरु गर्नुको उद्देश्य र भत्काउनुको कारण ओलीले प्रष्ट पार्नुपर्ने बताएका छन्।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायको कार्यभार पूरा गरिरहेको अवस्थामा समीकरण तोड्नुको कारण के हो?’ सांसद दाहालले ओलीलाई प्रश्न गरे।

नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा भएको सत्ता समिकरणको सहमति बदनियतपूर्ण र प्रतिगामी बताउदै दाहालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको लागि मात्र संविधान संशोधन गर्न सकिने बताए ।

प्रकाशित मिति: १४:५३ बजे, मंगलबार, असार २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्