एमाले सचिवालय बैठक स्थगित
पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक स्थगित गरिएको जनाईएको छ
काठमाडौं, असार २५: नेकपा एमालेको मंगलबार दिउँसो १ बजेका लागि बोलाएको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ।
आजको लागी बोलाईएको सचिवालय बैठक बुधबार बिहान ११ बजेसम्मका लागी स्थगित भएकाे एमाले प्रचार विभाग सदस्य गगन विष्टले जानकारी दिए।
पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक स्थगित गरिएको जनाईएको छ । बुधबार बस्ने सचिवालय बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनका विषयमा छलफल गरिने बताइएको छ।
प्रकाशित मिति: १४:२१ बजे, मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












