Kathmandu Press

निर्वाचन आयुक्तमा प्रधानको सिफारिस अनिश्चत

प्रधानविरुद्ध संसदीय सुनुवाइ समितिमा यौन दुराचारसहित पाँच वटा उजुरी दर्ता भएका छन्। सबै उजुरी यौन दुर्व्यवहार सम्वन्धित छन्। प्रधानले ति महिलालाई कार्यालयमा बन्धक जस्तै बनाएर यौन सम्पर्क गर्ने गरेको दाबी उजुरीमा लिइएको छ।
निर्वाचन आयुक्तमा प्रधानको सिफारिस अनिश्चत

काठमाडौं, असार २५ : एउटा संवेदनशिल उजुरीका कारण संवैधानिक परिषदबाट निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नियुक्ति अनिश्चित बनेको छ।

संसदीय सुनुवाइ समितिमा एक महिलाबाट यौन दुराचारको उजुरी परेपछि अफ्ठ्यारो अवस्था उत्पन्न भएको हो। प्रधान गत असार २ गते संवैधानिक परिषद्को निर्णय अनुरुप निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका थिए।

उनीविरुद्ध कार्यालयमै यौन दुराचार गरेको किटानी दाबीसहित उजुरी परेपछि सुनुवाई समितिमा अनुमोदन गर्न हच्किएको छ। समितिले प्रधानविरुद्ध गत ७ असारमा उजुरी आह्वान गरेको थियो।

Hardik ivf

प्रधानविरुद्ध संसदीय सुनुवाइ समितिमा यौन दुराचारसहित पाँच वटा उजुरी दर्ता भएका छन्। सबै उजुरी यौन दुर्व्यवहार सम्वन्धित छन्। प्रधानले ति महिलालाई कार्यालयमा बन्धक जस्तै बनाएर यौन सम्पर्क गर्ने गरेको दाबी उजुरीमा लिइएको छ।

अहिले सुनुवाइ समितिकै सदस्यहरुले प्रधानविरुद्ध पीडित महिलाले दिएको उजुरी गंभिर प्रकृतीको रहेको बताउँदै अध्ययनका लागि समय लिएका छन्। कार्यालयमा जागिर खोज्न आएकी महिलालाई इच्छा विपरीत यौन सम्पर्क गरेको र पछि रकम दिएर चुप लगाउन खोजिएको भनाई पीडित महिलाको छ।

पीडित ति महिलाले विभिन्न प्रलोभन देखाउँदै ‘मर्निङ वाक’ का बेला समेत बोलाएर यौन सम्पर्क राखेको, अश्लिल फिल्म देखाएर यौन संपर्क राखेको लगायत घटना संसदीय समितिमा राखेकी थिइन्।

शारीरिक र मानसिक पीडाको क्षतिपूर्ति स्वरूप प्रधानसँग पैसा लिएर जिल्ला अदालतको मुद्दामा मिलापत्र गरे पनि प्रधान दोषी नै रहेको दाबी पीडित महिलाको छ। आफुलाई प्रधानबाट एक करोड रुपैयाँ भराएको दाबी उजुरीकर्ता महिलाको छ। पीडित महिलाले बैंकमा जम्मा भएको खाता नम्बर र चेकको रसिद समेत उजुरीसँगै पेश गरेकी छन्।

सुनुवाई समितिमा प्रधानले गरेको दुव्र्यवहारको अडियो सुनाउने अनुमती मागे पनि समितिका पदाधिकारीले एक्लै सुन्ने बताउँदै सार्वजनिक गर्न रोकेका थिए। प्रधान र महिलाविच २०८० साल भदौ २९ गते मिलापत्र भएको देखिन्छ।

आफुलाई दबाब र प्रभावमा पारी मुद्दा मिलापत्रमा टुंग्याएको दाबी समेत पीडितको छ। यी प्रमाणका कारण प्रधान र सुनुवाई समिति दुबैलाई नैतिक संकट उत्पन्न भएको हो। 

प्रकाशित मिति: १३:५४ बजे, मंगलबार, असार २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्