Kathmandu Press

‘बाढीबाट ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र विस्थापितको तत्काल पुनर्स्थाना गरियोस्’

साउदले पटक–पटक सरकारलाई बाढीको पूर्वतयारी गर्न, बाढी नियन्त्रणाको काममा सजग रहन आग्रह गरिए पनि सरकारले बाढी नियन्त्रण, तटबन्ध निर्माणमा उपयुक्त समयमा ध्यान नदिएकाले समस्या लगातार बढ्दै गएको पनि बताए।
‘बाढीबाट ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र विस्थापितको तत्काल पुनर्स्थाना गरियोस्’

काठमाडौं, असोज २५ : कांग्रेस सांसद एनपी साउदले कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र विस्थापितलाई तत्काल पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ–संस्थाको भरमा मात्रै कञ्चनपुरमा बाढी पहिरोजस्ता विपद् न्यूनीकरण गर्न नसकिने बताए।

Hardik ivf

‘कञ्चनपुरमा बाढीले ठूलो संख्यामा जीवन र धन दुवैको क्षति भएको छ। आवश्यक राहत केन्द्र सरकारले प्रबन्ध गर्न र उद्धारका कामहरूलाई अगाडि बढाउन, दिवंगतका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न, विस्थापितहरूलाई तत्काल पुनर्स्थापनाको काममा पनि केन्द्र सरकारले ध्यानदिन आवश्यक छ,’ साउदले भने, ‘स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ–संस्थाको भरमा मात्रै यत्रो ठूलो विपद्लाई छाड्न सकिन्न । यतातिर सरकारको ध्यान जाओस्।’

साउदले पटक–पटक सरकारलाई बाढीको पूर्वतयारी गर्न, बाढी नियन्त्रणाको काममा  सजग रहन आग्रह गरिए पनि सरकारले बाढी नियन्त्रण, तटबन्ध निर्माणमा उपयुक्त समयमा ध्यान नदिएकाले समस्या लगातार बढ्दै गएको पनि बताए।

प्रकाशित मिति: १३:३६ बजे, मंगलबार, असार २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्