Kathmandu Press

रुपन्देहीको भैरहवामा सुरु भयो कोरोना परीक्षण

भैरहवा, चैत २३ : रुपन्देहीको भैरहवामा कोरोना भाइरसको परीक्षण सुरु भएको छ।  

सरकारले प्रदेश ५ को भैरहवास्थित गहुँबाली अनुसन्धान केन....

रुपन्देहीको भैरहवामा सुरु भयो कोरोना परीक्षण

भैरहवा, चैत २३ : रुपन्देहीको भैरहवामा कोरोना भाइरसको परीक्षण सुरु भएको छ।  

सरकारले प्रदेश ५ को भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको खाली भवनलाई  मर्मत सम्हार गरेर प्रदेशस्तरीय प्रयोगशालामा कोरोना परीक्षण सुरु गरेको हो।

कोरोना प्रयोगशालाको सेवा शुरुमा तीन दिनभित्र सञ्चालनमा आउने बताइए पनि भवनको मर्मत र कोरोना परीक्षणका लागि पिसिआर मेशिन मात्रै नराखी सँगै विएसएल टु क्याविनेट वायो सेफ्टी लेभलको प्रयोगशाला स्थापनाको तयारीका कारण केही ढिलाइ भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्रकुमार गिरीले बताए। 

अब यो वायो सेफ्टी लेभलको प्रयोगशालामा कोरोना भाइरस मात्रै नभएर अन्य खालका इन्फ्लुएञ्जा पनि परीक्षण गर्न सकिने सुविधासम्पन्न प्रयोगशालाको पूर्वाधार तयार भएको डा गिरीले बताए।

सोमबारदेखि प्रयोगशाला पूर्णरुपमा सञ्चालनमा आए  एक व्यक्तिको परीक्षणको नतिजा निकाल्न कम्तीमा एक घण्टा लाग्ने भएकाले जनशक्ति थप गर्न सकिए यन्त्रलाई लगातार ७२ घण्टासम्म सञ्चालन गर्न सकिने उनले जानकारी दिए। ‘लगातार ७२ घण्टा सञ्चालनमा रहेको मेसिनलाई करीब चार घण्टा बन्द गरेर राख्नुपर्ने हुन्छ’, डा गिरीले भने,‘त्यसपछि पुनः त्यसैगरी ७२ घण्टा सञ्चालन गर्न सकिन्छ।’

केन्द्रबाट आएका विज्ञ प्राविधिकले  प्रयोगशाला सञ्चालन शुरु गर्ने र संँगै तत्काललाई व्यवस्थापन भएका दुई प्राविधिक जनशक्तिबाट काम चलाइने बताइएको छ। प्रयोगशालाको कामलाई छिटोछरितो बनाउन आवश्यक जनशक्ति व्यवस्थापन  गरिने उनले बताए। 

सरकारले प्रदेश नं ५ मा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालाका लागि विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्कीलाई प्राविधिकका रुपमा जिम्मेवारी तोकेको छ।

प्रकाशित मिति: १८:४३ बजे, आइतबार, चैत २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्