Kathmandu Press

‘सरकार धारा ७६ (३) अनुसार बन्छ’

उनले कांग्रेस र एमालेले संविधान संशोधनको कुरा उठाएकोप्रति आपत्ति जनाए। ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने वैधानिक प्रक्रिया हो,’ उलने भने, ‘उहाँले २८ गते विश्वासको मत पाउनुभएन भने स्वतः उपधारा ३ अनुसारको सरकार बन्छ। त्यसैले प्रतिपक्षका साथीहरुलाई धैर्यता गर्न आग्रह गर्छु।’
‘सरकार धारा ७६ (३) अनुसार बन्छ’

काडमाडौं, असोज २५ : नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रराय यादवले अब नेपालको संविधानको धारा ७६ (३) अनुसार सरकार बन्ने बताएका छन्।

मंगलबारको प्रतिनिसधसभा बैठकमा बोल्दै सांसद यादवले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री बनेका प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा विश्वासको मत नपाएपछि ३ अनुसारको सरकार बन्ने दाबी उनको छ।

Hardik ivf

उनले कांग्रेस र एमालेले संविधान संशोधनको कुरा उठाएकोप्रति आपत्ति जनाए। ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने वैधानिक प्रक्रिया हो,’ उलने भने, ‘उहाँले २८ गते विश्वासको मत पाउनुभएन भने स्वतः उपधारा ३ अनुसारको सरकार बन्छ। त्यसैले प्रतिपक्षका साथीहरुलाई धैर्यता गर्न आग्रह गर्छु।’

यादवले सबै दललाई सहमतिमा नलिइ संविधान संशोधन गर्दा २०६३ सालको अवस्था आउने भन्दै सचेत गराए। ‘संविधान संसोधन जटिल विषय हो। निर्वाचन प्रणाली फेरेर दुई दलीय सिष्टममा लैजाने कुरा स्विकार्य हुँदैन’ यादवले भने।

समानुपातिक समावेशी सिद्धान्त हटाउनेगरी संविधान संशोधनको कुरा माओवादीलाई स्वीकार्य नहुने उनले बताए। संघीयता, गणतन्त्र, समावेशी र धर्मनिरेपक्षता संविधानका चार पिल्लर रहेको भन्दै कुनै एउटालाई हटाउन नमिल्ने उनले बताए।

प्रकाशित मिति: १३:०१ बजे, मंगलबार, असार २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्