Kathmandu Press

मुकुल ढकाल रास्वपा महामन्त्रीबाट बर्खास्त

ढकाललाई रास्वपाको जारी केन्द्रीय समिति बैठकले कारबाहीको निर्णय गरेको हो। पार्टी अनुशासन आयोगले ढकालमाथि कारबाहीका लागि गरेको सिफारिस अनुरुप बर्खास्त गरिएको हो।
मुकुल ढकाल रास्वपा महामन्त्रीबाट बर्खास्त

काठमाडौं, असार २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा.मुकुल ढकाललाई बर्खास्त गरेको छ । ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहनेगरी बर्खास्त गरिएको हो।

ढकाललाई रास्वपाको जारी केन्द्रीय समिति बैठकले कारबाहीको निर्णय गरेको हो। पार्टी अनुशासन आयोगले ढकालमाथि कारबाहीका लागि गरेको सिफारिस अनुरुप बर्खास्त गरिएको हो।

यद्यपि आयोगले साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्न सुझाव दिएको थियो। केन्द्रीय समितिले भने साधारण सदस्य रहने भनेको छ।

महामन्त्री ढकाल पार्टी प्रवक्ता र केन्द्रीय सदस्य समेत थिए।

प्रकाशित मिति: १२:४९ बजे, मंगलबार, असार २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्