प्रतितोल ९ सय घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रूपैयाँले घटेको हो।
काठमाडौं, असोज २५ : आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रूपैयाँले घटेको हो।
सोमबार १ लाख ४५ हजार रूपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि आज घटेको छ। सोमबार तोलामा १ हजार ८ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:०९ बजे, मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार