बाँकेको बालसुधार गृहमा झडप
सोमबार साँझ करिब ८ बजे खान खानेक्रमा उनीहरूबीच दोहोरो झडप भएको हो। झडपपछि सुधारगृहबाट १५–१६ बालबन्दी भागेका थिए। जसमध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणम लिएको छ।
बाँके, असार २५ : बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयन्दु बाल सुधारगृहभित्र बालबन्दीबीच झडप भएको छ।
सोमबार साँझ करिब ८ बजे खान खानेक्रमा उनीहरूबीच दोहोरो झडप भएको हो। झडपपछि सुधारगृहबाट १५–१६ बालबन्दी भागेका थिए। जसमध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणम लिएको छ।
दुईजना भने अझै फरार रहेको प्रहरीले जनाएको छ। खाना खाने विषयमा उनीहरूबीच झडप भएको बताइएको छ। झडपमा संलग्न आठजनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको थुनामा राखेको छ।
बालसुधार गृहभित्र हाल २७२ बालबन्दी राखिएका छन्।
प्रकाशित मिति: ११:५९ बजे, मंगलबार, असार २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार