Kathmandu Press

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने बताइएको छ । पार्टीको अनुशासन आयोगले डा. ढकालमाथिको अनुशासनात्मक कारबाहीको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ ।
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, असार २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटीको बैठक मंगलबार बस्दैछ । बिहान ८ बजे बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ ।  

बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने बताइएको छ । पार्टीको अनुशासन आयोगले डा. ढकालमाथिको अनुशासनात्मक कारबाहीको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ ।

Hardik ivf

त्यसबारे सचिवालय बैठकमा छलफल हुनेछ । समीक्षा यात्राको प्रतिवेदन मिडियामा चुहाएकोबारे गत असार १४ गते पार्टीको अनुशासन आयोगले डा. ढकाललाई सात दिने स्पष्टीकरण सोधेको थियो ।  

त्यो स्पष्टीकरणको जवाफ ढकालले पार्टी कार्यालयमा दर्ता गराएको बताएका छन् ।
 
प्रकाशित मिति: ०७:५४ बजे, मंगलबार, असार २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्