Kathmandu Press

७४ जनाको मृत्यु, १९ सडकखण्ड अवरुद्ध, ९८ करोडको क्षति 

सडक विभागकाअनुसार यो वर्ष मनसुन सुरुभएदेखि अहिलेसम्म सडक क्षेत्रमा ९८ करोडभन्दा बढीको क्षति भएको छ । बाढी, पहिरो र डुबानले सडक अवरुद्ध हुँदा कतिपय ठाउँमा यात्रु बाटोमै अलपत्र परिरहेका छन् । 
७४ जनाको मृत्यु, १९ सडकखण्ड अवरुद्ध, ९८ करोडको क्षति 

काठमाडौं, असार २५ : गत शुक्रबारदेखि सोमबारसम्मको अरिवरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण  विभिन्न १९ ठाउँका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन्। 

सडक विभागको रिपोर्ट अनुसार,  संखुवासभा, लमजुङ्, गुल्मी, स्याङ्जा, सिन्धुपालचोक, कालिकोट, सिन्धुली, धनकुटा, बागलुङ, डोटी, दाङको विभिन्न सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएका हुन्। यस्तै ११० ठाउँका सडक एकतर्फी रुपमा सञ्चालनमा छन् । 

Hardik ivf

सडक विभागकाअनुसार यो वर्ष मनसुन सुरुभएदेखि अहिलेसम्म सडक क्षेत्रमा ९८ करोडभन्दा बढीको क्षति भएको छ । बाढी, पहिरो र डुबानले सडक अवरुद्ध हुँदा कतिपय ठाउँमा यात्रु बाटोमै अलपत्र परिरहेका छन्। 

यो वर्षको मनसुन सुरु भए यता बाढी, पहिरो लगायतका विपद्मा ७४ जनाको मृत्यु भएको छ।  यो अवधिमा गण्डकी प्रदेशमा २२ जना, कोशी र लुम्बिनी प्रदेशमा १८/१८ जना, बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशमा ४/४ जना र मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ।

विपदमा ५ जना बेपत्ता भएका छन् भने ८८ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदमा परेर अहिलेसम्म दुई हजार दुई सय ९६ परिवार विस्थापित भएका छन्। 
 

प्रकाशित मिति: ०७:४६ बजे, मंगलबार, असार २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्