Kathmandu Press

एमाले सचिवालय बैठक बस्दै

बैठकमा गत सोमबार भएको कांग्रेस–एमालेबीचको सत्ता सहकार्यसम्बन्धि सहमतिबारे छलफल हुने बताइएको छ । त्यस्तै, बैठकमा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले बताए । 
एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, असार २५ : नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

बैठकमा गत सोमबार भएको कांग्रेस–एमालेबीचको सत्ता सहकार्यसम्बन्धि सहमतिबारे छलफल हुने बताइएको छ । त्यस्तै, बैठकमा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले बताए । 

Hardik ivf

गत सोमबार एमाले र कांग्रेसबीच सुरुवाती चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेर बहादुर देउवाले गर्ने सहमति भएको छ । 

यसैबीच यही असार आठ गते अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिँदैछन् । 
 
प्रकाशित मिति: ०८:१३ बजे, मंगलबार, असार २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्