Kathmandu Press

‘विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी छ’

मुख्यमन्त्री कार्कीले विपद्का समयमा नागरिकले प्राप्त गर्ने र स्थलगतरूपमा दिइने सूचनाले समयमै सुरक्षा गतिविधि अगाडि बढाउन सूचना प्रविधिको सञ्चालन महत्वपूर्ण हुने बताए। उनले यसबारेमा नागरिकलाई सुुसूचित गराउनुपर्नेमा समेत जोड दिए।
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी छ’
फाइल तस्बिर।

मोरङ, असार २४ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी रहेको बताएका छन्।

 ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’को शुभारम्भ गर्दै उनले त्यसका लागि सम्भावित जोखियुक्त स्थानमा जनताको जीउधन सुरक्षाका लागि तत्काल सूचना सम्प्रेषण गर्न निःशुल्क वाइफाई जडान गर्न निर्देशन र्दिए।

Hardik ivf

मुख्मयन्त्री कार्कीले विपद् जोखिममा रहेका र जंगली जनावरबाट हुने क्षति रोक्न ती स्थानबाट सहज सूचना दिने उद्देश्यले निःशुल्क वाइफाई जडान गर्नुपर्ने बताए।

मुख्यमन्त्री कार्कीले विपद्का समयमा नागरिकले प्राप्त गर्ने र स्थलगतरूपमा दिइने सूचनाले समयमै सुरक्षा गतिविधि अगाडि बढाउन  सूचना प्रविधिको सञ्चालन महत्वपूर्ण हुने बताए। उनले यसबारेमा नागरिकलाई सुुसूचित गराउनुपर्नेमा समेत जोड दिए।

‘अहिले सूचना नै सुरक्षाका लागि सबैभन्दा सहज माध्यम बन्नसक्छ। तत्काल सूचना पाएमा तत्कालै सतर्कता अपनाउन, राहत तथा उद्दारका काम गर्न सहज हुन्छ,’ उनले भने, ‘विगतमा कोभिड, बाढीपहिराजस्ता विपद्का समयमा पनि द्रुतरूपमा उद्धारलगायतका काम गरेका उदाहरण पनि छन्। त्यसैले यसको प्रयोगमा जोड दिनुपर्छ।’

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले विपद्को अवस्थामा साथ र सहयोग पुर्‍याउने सरकार प्रतिबद्ध रहेको बताए । विपद् व्यवस्थापन पोर्टलले प्रदेशमा हुने विपत्तीमा तत्काल काम गर्न र नागरिकलाई सचेत बनाउनसमेत सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १८:५३ बजे, सोमबार, असार २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्