क्वारेन्टाइन अभियानमा ‘अर्को कुरुक्षेत्र’ देखाइँदै
काठमाडौं, चैत २३ : क्क्वारेन्टाइन अभियान नाट्य उत्सवअन्तर्गत आइतबार अशेष मल्लद्वारा निर्देशित नाटक ‘अर्को कुरुक्षेत्र’ देखाउँन लागिएकाे छ।....

काठमाडौं, चैत २३ : क्क्वारेन्टाइन अभियान नाट्य उत्सवअन्तर्गत आइतबार अशेष मल्लद्वारा निर्देशित नाटक ‘अर्को कुरुक्षेत्र’ देखाउँन लागिएकाे छ।
पौराणिक कालदेखि महिलामाथि गरिएको विभेदको श्रृंखला देखाइएको यो नाटकको कथा सम्पदा मल्लले लेखेकी हुन्। क्वारेनटाइन नाट्य उत्सव एक साताको लागि सुरु गरेको थियो । लकडाउनको समय थपिएसँगै भर्चुल नाटकको अवधि पनि थपिएको हो ।
दोस्रो साताको शुक्रबार केदार श्रेष्ठ निर्देशित ‘उपियाँको निबन्ध’बाट सुरु गरिएको थियो। लकडाउको समयमा पनि दर्शकलाई रङ्गमञ्चसँग जोडिराख्ने प्रयास भर्चुअल नाट्य महोत्सवले गरिरहेको छ।
आज प्रसारण गरिने ‘अर्को कुरुक्षेत्र’ नाटक सर्वनाम थिएटरमा मञ्चन भएको थियो। यसमा उषा रजक, मुकेश हमाल, मनोज महर्जन, बिन्दु बीएम, पासलाक्पा शेर्पा, रिया भारती, हिरा हमाल, शोभा कार्की, धिरज थापामगर, कसिना बोसिम लिम्बूलगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।
यो साँझ ५ बजेदेखि थिएटर मलको फेसबुक पेजमार्फत नाटक देखाइदै आएको छ।












