Kathmandu Press

रास्वपाका मन्त्रीले छाडे क्वाटर

क्वाटर छाडेका मन्त्री श्रेष्ठले शुक्रबारबाट मन्त्रालय पनि जान छाडेको र मन्त्रालयसँग सम्बन्धित कामबाहेकमा गाडी र सुरक्षा संयन्त्रको पनि प्रयोग नगर्ने उनले बताएका छन्।
रास्वपाका मन्त्रीले छाडे क्वाटर

काठमाडौं, असार २४ : पुष्पकल दाहाल नेतृत्वको सरकारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले सरकारी क्वाटर छाड्न थालेका छन्।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले क्वाटर छाडिसिकेका छन् भने अन्य मन्त्रीहरू क्वाटर छाड्ने तयारीमा रहेको बताइएको छ।

Hardik ivf

क्वाटर छाडेका मन्त्री श्रेष्ठले शुक्रबारबाट मन्त्रालय पनि जान छाडेको र मन्त्रालयसँग सम्बन्धित कामबाहेकमा गाडी र सुरक्षा संयन्त्रको पनि प्रयोग नगर्ने उनले बताएका छन्।

उनले रास्वपाका सबै मन्त्रीले क्वाटर छाडेको बताउँदै उनले विधिवतरुपमा छाडे नछाडेको बारेमा आफूलाई जानकारी नभएको बताए।

कांग्रेस र एमालेले नयाँ गठबन्धन बनाउने सहमितसँगै सरकारमा सहभागी एमालेले र जसपाले समर्थन फिर्ता लिँदै सरकार छाडेपछि प्रधानमन्त्री दाहाल अल्पमतमा परेका छन्।

दुवै दलले राजीनामा दिएर नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेपछि प्रधानमन्त्री दहालले असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्।

असार २० गते नै रास्वपाका मन्त्रीहरुले राजीनाम दिने तयारी गरेका थिए। उनीहरु राजीनामा दिन बालुवाटर पुगेपछि प्रधानमन्त्रीको आग्रहमा उनीहरू राजीनानमा दिएका थिएनन्।

 

प्रकाशित मिति: १८:२५ बजे, सोमबार, असार २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्