Kathmandu Press

पशुपतिमा हुने कोटीहोम महायज्ञका लागि ट्याक्सी र्‍याली

सोमबार काठमाडौंको गौशलामा मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा साउन १ गतेदेखि एक महिनासम्म चल्ने कोटीहोम महायज्ञको प्रचारका लागि बृहत ट्याक्सी र्‍याली आयोजना गरिएको हो।
पशुपतिमा हुने कोटीहोम महायज्ञका लागि ट्याक्सी र्‍याली

काठमाडौं, असार २४ : पशुपतिस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम महायज्ञको प्रचार प्रसारका लागि बृहत ट्याक्सी र्‍याली आयोजना गरिएको छ।

सोमबार काठमाडौंको गौशलामा मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा साउन १ गतेदेखि एक महिनासम्म चल्ने कोटीहोम महायज्ञको प्रचारका लागि बृहत ट्याक्सी र्‍याली आयोजना गरिएको हो।

मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने उद्देश्यले महायज्ञ गर्न लागिएको आयोजकहरूले जनाएको छ।

महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकहरूबाट आशीर्वचन तथा कथा प्रवचन हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति: १७:५० बजे, सोमबार, असार २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्