Kathmandu Press

माओवादीको साथमा सर्वसम्मत ढंगबाट संविधान संशोधन हुन्छ : योगेश भट्टराई

‘संविधान संशोधन गर्न सहज नहुने देखिएकाले कांग्रेस÷एमाले एकैठाउँमा आएका हौं। बाँकी सबै दललाई साथमा लिएर राष्ट्रिय सरकार बनाउछौ,’ उनले भने।
माओवादीको साथमा सर्वसम्मत ढंगबाट संविधान संशोधन हुन्छ : योगेश भट्टराई

काठमाडौं, असार २४ : नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान संशोधन दुई तिहाई नभई सर्वसम्मत ढंगबाट गर्ने बताएका छन्।

सोमबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले नेपाली कांग्रेस र  नेकपा एमालेको संख्याले मात्रै संविधान संशोधन नहुने बताउँदै माओवादीसहितका दलहरुलाई साथमा लिएर सर्वसम्मत रुपमा गर्ने बताएका हुन््।

Hardik ivf

‘संविधान संशोधन गर्न सहज नहुने देखिएकाले कांग्रेस÷एमाले एकैठाउँमा आएका हौं। बाँकी सबै दललाई साथमा लिएर राष्ट्रिय सरकार बनाउछौ,’ उनले भने।

कांग्रेस–एमालेको बाटोमा सबै राजनैतिक दल हिंड्न सकेमात्र शान्तिप्रक्रिया निष्कर्षमा पु¥याउन सकिने बताउँदै उनले संविधानलाई गतिशिल बनाउने र मुलुकलाई सही दिशा तर्फ लैजान सकिने बताए।

सरकारबाट हट्नु परेकाकारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल अहिले आक्रोशित भएकाले कांग्रेस र एमालेले सम्झाउने प्रयास गरिरहेको उनले बताए।

दाहाललाई माओवादीको संख्याका आधारमा नभइ व्यक्तित्वका आधारमा प्रधानमन्त्री स्वीकारेका कारण राष्ट्रिय हितका विषयमा दाहालले साथ दिने दाबी भट्टराईले गरे।

प्रकाशित मिति: १७:४२ बजे, सोमबार, असार २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्