Kathmandu Press

खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनाकै कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ

काठमाडौं, चैत २३ : भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनाकै कोरोना भाइरस परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। 

स्वास्थ्य मन्....

खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनाकै कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ

काठमाडौं, चैत २३ : भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनाकै कोरोना भाइरस परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। 

स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न देशबाट आएर खरिपाटी क्वारेन्टाइनमा बसेका ९४ जनाकै कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्।

‘खरिपाटीमा रहेका ९४ जनाकै परीक्षण गराइसकिएको छ। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने। विभिन्न देशबाट नेपाल आएका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैँ खरिपाटी लगेर क्वारेन्टाइनमा राखिएको थियो। 

यस्तै, प्रवक्ता देवकोटाले काठमाडौं उपत्यकामा १२ र बाहिर १०१ गरी ११३ जना व्यक्ति आइसोलेसनमा रहेको जानकारी दिए। नेपालमा अहिलेसम्म कोरोना भाइरसका ९ जना संक्रमित भेटिएका छन्। तीमध्ये आठ जनाको आइसोलेसनमा उपचार भइरहेको छ भने एक व्यक्ति निको भएर घर फर्किसकेका छन्। 

शनिबारमात्रै कैलालीका दुई जना र कञ्चनपुरका एक गरी तीन जनामा कोरोनाको संक्रमण देखिएको थियो।  प्रवक्ता देवकोटाले संक्रमित व्यक्तिको सम्र्पकमा आएका सबैको कन्ट्याक ट्रेसिङ निरन्तर भइरहेको पनि जानकारी दिए। उनका अनुसार शनिबार फेला परेका संक्रमितको पनि कन्ट्याक्ट ट्रेसिङ सुरु गरिसकिएको छ।

प्रवक्ता देवकोटाले काठमाडौं उपत्यकाबाहिर सात ठाउँमा कोरोनाको परीक्षण भइरहेको जानकारी दिए। ‘काठमाडौं उपत्यकाबाहिर धरान, पोखरा, जनकपुर, हेटौँडा, चितवन, सुर्खेत र धनगढी गरी सात ठाउँमा कोरोनाको परीक्षण सुरु भएको छ,’ उनले भने,‘सोमबारसम्ममा बुटवलमा पनि परीक्षण सुरु हुनेछ।’


 

प्रकाशित मिति: १६:५५ बजे, आइतबार, चैत २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्