अशोक राई नेतृत्वको जसपाका मन्त्रीहरूको राजीनामा स्वीकृत
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले दिएको राजीनामा स्वीकृत भएको हो।
काठमाडौं, असार २४ : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूको राजीनामा स्वीकृत भएको छ।
संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता सकीकरण बनाउनने सहमतिसँगै पुष्पकमल दाहाल नेतृत्वको सरकार धरापमा परेको छ। एमालेले समर्थन फिर्ता लिएसँगै दहाल सरकार अल्पमतमा परेको छ।
जसपाले कांग्रेस–एमाले गठबन्धनलाई सहयो गर्ने निर्णय गर्दै असार २१ गते समर्थन फिर्ता लिँदै उसका मन्त्रीहरुले राजीनामा दिएका थिए।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले दिएको राजीनामा स्वीकृत भएको हो।
प्रकाशित मिति: १६:४८ बजे, सोमबार, असार २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार