Kathmandu Press

झिनो अंकले घट्यो नेप्से

३२४ कम्पनीको ५९ हजार ९ सय ७४ पटकको कारोबारमा १ करोड ४ लाख ७५ हजार १ सय ८१ कित्ता सेयर खरिद बिक्री भएको छ। जसमा कारोबार रकम ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १ सय ६ रुपैयाँ रहेको छ।
झिनो अंकले घट्यो नेप्से

काठमाडौं, असार २४ : सोमबार सेयर बजार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक आज ४.६२ अंकले घटेर २१३६ .३५ को विन्दुमा पुगेको छ।

आइतबार ३२४ कम्पनीको ५९ हजार ९ सय ७४ पटकको कारोबारमा १ करोड ४ लाख ७५ हजार १ सय ८१ कित्ता सेयर खरिद बिक्री भएको छ। जसमा कारोबार रकम ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १ सय ६ रुपैयाँ रहेको छ।

Hardik ivf

१३ उपसमूहमध्ये फाइनान्स, माइक्रोफाइनान्स र अन्य कम्पनी सामान्य बढ्दा १० वटा घटेको छ। आज सर्वाधिक घट्नेमा होटेल र पर्यटन रहेको छ।

एनआरएन इनफ्रास्ट्रक्चर कम्पनीको कारोबार सर्वाधिक भएको छ। उसको २८ करोड ७० लाख ८० हजार नौ सय ३५ बराबरको तीन लाख ९० हजार दुई सय पाँच कित्ता शेयर किनबेच भएको छ।

आज समाज लघुवित्तका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने एनआइसी एसिया डिभेन्चरले ६ प्रतिशतका दरले कमाएका छन्।

आज बैंकिङ ०.१८, विकास बैंक शून्य दशमलव ३६, होटल तथा पर्यटन ०.९५ र जलविद्युत् समूह ०.३९ प्रतिशतले घटेको छ। लगानी ०.२९, जीवन बीमा ०.६२, उत्पादन तथा प्रशोधन ०.१५, निर्जीवन बीमा ०.३३, व्यापार ०.८२ र अन्य समूह ०.५४ प्रतिशतले घटेको छ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९.६८ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ८.३९ प्रतिशतले घटेको छ।

प्रकाशित मिति: १६:४३ बजे, सोमबार, असार २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्