Kathmandu Press

बचतकर्तालाई वर्गिकरण गरे रकम फिर्ता गर्न सहज हुने छानविन समितिलाई गभर्नर अधिकारीको सुझाव

गभर्नर अधिकारीले १ लाख सम्मका बचतकर्ता, ५ लाखसम्मका बचतकर्ता र सो भन्दा बढी बचतकर्तालाई तीन चरणमा बर्गिकरण गरी कार्ययोजना बनाउनुपर्ने, समस्याग्रस्त सहकारीको सम्बन्धमा निरीक्षण गर्न विशेष टिम बनाउनु पर्नेलगायत सुझाव दिएकाे छानबिन समितिका संयोजक सूर्य थापाले जानकारी दिए।
बचतकर्तालाई वर्गिकरण गरे रकम फिर्ता गर्न सहज हुने छानविन समितिलाई गभर्नर अधिकारीको सुझाव

काठमाडौं, असार २४ : समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि गठित संसदीय छानबिन समितिलाई नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सुझाव दिएका छन

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा गर्भनर अधिकारीले सहकारीका बचतकर्तालाई विभिन्न चरणमा वर्गीकरण गरि रकम फिर्ता गर्न सहज हुने सुझाव दिएका छन्।

Hardik ivf

गभर्नर अधिकारीले १ लाख सम्मका बचतकर्ता, ५ लाखसम्मका बचतकर्ता र सो भन्दा बढी बचतकर्तालाई तीन चरणमा बर्गिकरण गरी कार्ययोजना बनाउनुपर्ने, समस्याग्रस्त सहकारीको सम्बन्धमा निरीक्षण गर्न विशेष टिम बनाउनु पर्नेलगायत सुझाव दिएकाे छानबिन समितिका संयोजक सूर्य थापाले जानकारी दिए।

समितिका संयोजक थापाकाअनुसार समयमा सुपरीवेक्षण नहुँदा सहकारीको अवस्था विकराल हुँदै गएको, भूगोलको सीमा नराखिएको, असीमित बचत संकलन गर्न दिइएको, नियमनलाई कम महत्व दिएको र सुपरीवेक्षण हुन नसकेका कारणले सहकारीमा समस्या देखिएको समेत गभर्नर अधिकारीले धारण राखेको बताए।

समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापनका सकरात्मक सुझाव आएको र सोही सुझावअनुसार अगाडि बढ्दा सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सजिलो हुने संयोजक थापाको भनाई थियो।

सहकारी छानबिन संसदीय विशेष समितिको सोमबारको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्र लिमिटेडका अध्यक्ष गुणाकार भट्ट, सहकारी सुझाव समितिका डा. जयकान्त राउतलगायत सहभागी थिए।

 

 

प्रकाशित मिति: १५:४६ बजे, सोमबार, असार २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्