Kathmandu Press

पहिरो खस्दा कालीगण्डकी करिडोर तीन दिनदेखि अबरुद्ध

कालीगण्डकी करिडोरको बागलुङ खण्ड अन्तर्गत चार ठाउँमा पहिरो खसेको छ । तीन दिनदेखि यातायातका साधन सञ्चालन हुन नसक्दा आवागमनमा समस्या परेको छ।
पहिरो खस्दा कालीगण्डकी करिडोर तीन दिनदेखि अबरुद्ध
फाइल तस्बिर।

बागलुङ, असार २४ : लगातार वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि अबरुद्ध भएको छ।

कालीगण्डकी करिडोरको बागलुङ खण्ड अन्तर्गत चार ठाउँमा पहिरो खसेको छ । तीन दिनदेखि यातायातका साधन सञ्चालन हुन नसक्दा आवागमनमा समस्या परेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङले शनिबार बिहानैदेखि उक्त सडकखण्डमा पहिरो खस्दा यातायात  अवरुद्ध भएको जनाएको छ। करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउलेखोला र जैमिनीघाटमा पहिरो खसेको छ।

प्रकाशित मिति: १५:१८ बजे, सोमबार, असार २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्