‘सबै पक्षको सहयोगबिना संक्रमणकालीन न्याय टुङ्गोमा पुग्दैन्’
‘यो संक्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउनको लागि सरकार क्रियाशील हुनपर्यो, पीडित पक्षको पनि त्यसमा सहभागिता हुनुपर्यो र द्वन्द्वमा लागेका माओवादी पक्ष सबैको समृद्ध सहयोग नभएसम्म टुङ्गोमा पुग्न सक्दैन्। यसमा सबैको सहयोग चाहिन्छ,’ उनले भने।
काठमाडौं, असोज २४ : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सबै पक्षको सक्रिय सहयोगबिना संक्रमणकालीन न्याय टुङ्गोमा पुग्न नसक्ने बताएका छन्।
सोमबार संक्रमणकालीन न्यायका सम्बन्धमा आयोगबाट भएका प्रयास र सुझावबारे छलफल कार्यक्रममा उनले संक्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउनका लागि सरकार, पीडित र द्वन्द्वमा लागेका माओवादी पक्ष सबैको सक्रिय सहयोग आवश्यक रहेको बताए।
‘यो संक्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउनको लागि सरकार क्रियाशील हुनपर्यो, पीडित पक्षको पनि त्यसमा सहभागिता हुनुपर्यो र द्वन्द्वमा लागेका माओवादी पक्ष सबैको समृद्ध सहयोग नभएसम्म टुङ्गोमा पुग्न सक्दैन्। यसमा सबैको सहयोग चाहिन्छ,’ उनले भने।
उनले पूर्ण ऐन नभएको कारण संक्रमणकालीन न्याय टुङ्गोमा पुग्न नसकेको भन्दै ऐन बन्ने क्रममा रहेको बताए। सर्वोच्च अदालतले एनेलाई पुरा गर भनेपनि एन बन्ने क्रममै रहेको उनले बताए।
सबैले न्याय पाउनुपर्छ र न्याय पाउने अवस्था सिर्जना गर्नको लागि सबैजना मिलेर लाग्नुपर्ने पनि उनको भनाइ छ ।