Kathmandu Press

जनप्रगतिशिल मञ्च माल्टाले महासचिव र सल्लाहकारलाई जिम्मेवारीबाट हटायो

महासचिव लोप्चन संगठनलाई जानकारी नै नदिई माल्टा नफर्कने गरी स्पेन गएको र सल्लाहकार राणाले नेपालमा सार्वजनिक मुद्धा खेपिरहेको जानकारी आएकाले उनीहरुलाई पदमुक्त गरिएको नेपाली जनप्रगतिशिल मञ्च माल्टाका अध्यक्ष कान्छाराम बुढाथोकीले जानकारी दिएका छन्।
जनप्रगतिशिल मञ्च माल्टाले महासचिव र सल्लाहकारलाई जिम्मेवारीबाट हटायो

काठमाडाैं, असार २४ : नेपाली जनप्रगतिशिल मञ्च माल्टाले महासचिव छेसाङ लोप्चन र सल्लाहकार डि.एस. राणा (निराजन सञ्जेल)लाई जिम्मेवारीबाट हटाएको छ । मञ्चको जुलाई ७, आइतबार बसेको सचिवालय बैठकले लोप्चन र राणालाई कार्यसमितिबाट हटाउने निर्णय गरेको हो।

महासचिव लोप्चन संगठनलाई जानकारी नै नदिई माल्टा नफर्कने गरी स्पेन गएको र सल्लाहकार राणाले नेपालमा सार्वजनिक मुद्धा खेपिरहेको जानकारी आएकाले उनीहरुलाई पदमुक्त गरिएको नेपाली जनप्रगतिशिल मञ्च माल्टाका अध्यक्ष कान्छाराम बुढाथोकीले जानकारी दिएका छन्।

यस्तै सचिवालय सुर बहादुर अधिकारी लगातार ३ वटा बैठकमा अनुपस्थित भएका कारण उनलाई पनि सचिवालय सदस्यको जिम्मेवारीबाट हटाई साधारण सदस्य मात्र कायम गरिएको मञ्चले जनाएको छ।

Hardik ivf

मञ्चको बैठकले ३ वटा बैठकमा लगातार अनुपस्थित हुने सचिवालय पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारीबाट हटाउने निर्णय समेत गरेको छ।

मञ्चको बैठकले तत्काल कार्यसंचालनको लागि उपाध्यक्ष कृष्णप्रसाद सुवेदीलाई महासचिवको जिम्मेवारीमा सर्वसम्मतले चयन गरेको छ भने सचिवालय सदस्यहरुमा विशाल बुढाथोकी र मनिकुमार बुढाथोकीलाई नियुक्त गरेको छ।

बैठकले महासचिव लोप्चन र सल्लाहकार राणाले नक्क्कली फेसबुक पेजमार्फत नेपाली जनप्रगतिशील मञ्च माल्टाका अध्यक्ष तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरू तथा व्यक्तित्वहरूलाई अनावश्यक टर्चर दिने गरेकोप्रति पनि मञ्चले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

यस्तै महासचिव लोप्चनले संगठित सदस्यहरुको फाराम अहिलेसम्म संगठनलाई उपलब्ध नगराएको र संगठनलाई जानकारी नदिई संगठनको पेज, फेसबुक, हवाट्सअप, लेटरहेड प्रयोग गरिरहेको पाइएकाले उक्त कार्यलाई बन्द गर्नसमेत बैठकले आग्रह गरेको छ।

जिम्मेवारीबाट हटाइएका महासचिव लोप्चन, सल्लाहकार राणा तथा सचिवालय सदस्य अधिकारीलाई आफ्नो गल्तिप्रति सच्चिन र संगठनप्रति केही गुनासो तथा असन्तुष्टि भए मञ्चमा लिखित जानकारी दिन आग्रह समेत गरिएको छ।

यस्तै मञ्चको सचिवालय बैठकले माल्टामा कार्यरत अवस्थामै क्यान्सर जस्तो गम्भिर रोगसँग लडिरहेका सुरज लौडारीको उपचारार्थ १११ युरो सहयोग गर्ने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति: १३:४३ बजे, सोमबार, असार २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्