वीरगञ्जमा एक करोड ८९ लाख बराबरका सामान बरामद
जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेका दुई वटा ट्रकबाट हार्डवेयर र मोटरपार्टस् बरामद गरेको हो।पर्सा, असार २४ : पर्सा प्रहरीले बिलबिजनक नभएको एक करोड ८९ लाख ५० हजार छ सय २२ मूल्य बराबरका सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेका दुई वटा ट्रकबाट हार्डवेयर र मोटरपार्टस् बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले दुई वटा मालबाहक ट्रकबाट बरामद भएका हार्डवेयर र मोटरपार्टस् आजै कानुनी प्रक्रिया पुर्याएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको बताए।
प्रहरीले ना ६ ख ४०५८ र ना ३ ख १८७ नं को दुई वटा ट्रकबाट सो समान बरामद गरेको हो।
प्रकाशित मिति: १३:२४ बजे, सोमबार, असार २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई दिनमा ३८ जना पक्राउमंगलबार, मंसिर ११, २०८१
जनकपुर बोल्ट्सको ‘टाइटल स्पोनसर’ मा डीएनए इन्टरनेश्नल नेपालमंगलबार, मंसिर ११, २०८१
२५ वटा सहकारी संस्था खारेजीमामंगलबार, मंसिर ११, २०८१
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रहमंगलबार, मंसिर ११, २०८१