Kathmandu Press

विश्वासको मत लिने संवैधानिक अधिकार हो, चार दिन कुर्नुहोस् एक अर्कालाई विश्वास गर्नुहोस् : सांसद झा

‘किन यो प्रणाली र संविधानले काम नगर्ला, चार दिन अर्को पल्टुराम जन्मेला भन्ने डर? तपाईंहरूसँग संख्या छ बहुमत हुने सम्भावना छ भने चार दिन कुर्नुहोस् एक अर्कालाई विश्वास गर्नुहोस् । किन डराउनुहुन्छ,’ उनले प्रश्न गरे।
विश्वासको मत लिने संवैधानिक अधिकार हो, चार दिन कुर्नुहोस् एक अर्कालाई विश्वास गर्नुहोस् : सांसद झा

काठमाडौं, आसर २४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संसदीय प्रणालीमा विश्वासको मत लिने संवैधानिक अधिकार भएको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै विश्वासको मत लिने संवैधानिक अधिकार भएको भन्दै उनले दलहरुलाई चार दिन पर्खिन अनुरोध गरे।

Hardik ivf

सांसद झाले संसदीय प्रणाली र संविधान बनाउने दलहरू नै संविधान र प्रणालीमाथि किन अविश्वास जताएर चार दिन धैर्य गर्न नसकेको भन्ने प्रश्न पनि उठाए।

‘किन यो प्रणाली र संविधानले काम नगर्ला, चार दिन अर्को पल्टुराम जन्मेला भन्ने डर? तपाईंहरूसँग संख्या छ बहुमत हुने सम्भावना छ भने चार दिन कुर्नुहोस् एक अर्कालाई विश्वास गर्नुहोस् । किन डराउनुहुन्छ,’ उनले प्रश्न गरे।

यस्तै, उनले एमाले र कांग्रेसबीचको समीकरणमाथि पनि गम्भीर गरे। उनले वर्तमान संविधान र राज्यसञ्चालन प्रणाली २०५९ मा पूर्वराजा ज्ञानेन्द्र शाह र २०६९ मा खिलराज रेग्मीलाई बुझाएजस्तै पुनः त्यस्तै हुने हो कि भन्ने आशंका व्यक्त गरे।

संविधानमा लेखिएको कुरा अभ्यास गरिरहेको भन्दै मध्यरातमा कुनै व्यापारीको घरमा गएर सहमति गर्ने दलहरूले आफूहरूलाई नैतिकताको पाठ पढाउन जरुरी नरहेको बताए।

 

प्रकाशित मिति: १३:१३ बजे, सोमबार, असार २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्