Kathmandu Press

बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता

प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको राससलाई जानकारी दिए।
बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता

काठमाडौं, असार २४ : अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको राससलाई जानकारी दिए। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Hardik ivf

उक्त अवधिमा बाढीपहिराका नौ सय ६६ घटना घटेका छन्। त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायको मृत्यु भएको छ। भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ।

उक्त अवधिमा चार हजार सात सय ९० प्रहरी बाढीपहिरामा परिचालन गरिएको र नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १२:३८ बजे, सोमबार, असार २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्