Kathmandu Press

‘बेचन झालाई पक्राउ गरेपछि ठूलो राजनीतिक दाउपेच भयो’

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अघिल्लो सरकारले प्रतिवादी बनाउन नचाहेको झालाई अहिलेको सरकारले समातेपछि सरकार ढलेको बताए।
‘बेचन झालाई पक्राउ गरेपछि ठूलो राजनीतिक दाउपेच भयो’

काठमाडौं, असोज २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले बेचन झालाई पक्राउ गरेपछि ठूलो राजनीतिक दाउपेच भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अघिल्लो सरकारले प्रतिवादी बनाउन नचाहेको झालाई अहिलेको सरकारले समातेपछि सरकार ढलेको बताए।

Hardik ivf

‘नक्कली भुटानी शरणार्थी  प्रकरणमा नाम जोडिए पनि एक वर्षअघि अदालतमा पेस गरिएको अभियोगपत्रमा प्रतिवादी नबनाइएको झालाई जब सरकारले नियन्त्रणमा लियो त्यसपश्चात् राजनीतिक बेचैनी सुरु भयो,’ उलने भने, ‘त्यसबेला सरकारले अभियोजनपत्रमा समेत नाम नराखेको झालाई जब सरकारले समात्यो राजनीतिक चलखेल सुरु भयो।’

प्रमुख सचेतक परियारले सुशासन र भ्रष्टाचारविरुद्ध लागेको सरकारलाई विश्वासको मत फिर्ता लिएर राजनीतिक चलखेल गरेको आरोप लगाए। अविलम्ब झाको फाइलअघि बढाउन सरकारसँग अनुरोध गरे।

प्रकाशित मिति: १२:१८ बजे, सोमबार, असार २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्