सुनको मूल्य घट्यो, चाँदीको स्थिर
आइतबार १ लाख ४५ हजार ४ सय रूपैयाँमा कारोवार भएको सुन आज घटेर १ लाख ४५ हजार रूपैयाँमा कारोवार भइरहेको छ।
काठमाडौं, असोज २४ : आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रूपैयाँले घटेको हो।
आइतबार १ लाख ४५ हजार ४ सय रूपैयाँमा कारोवार भएको सुन आज घटेर १ लाख ४५ हजार रूपैयाँमा कारोवार भइरहेको छ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रहेको छ। आइतबार तोलामा १ हजार ८ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:०५ बजे, सोमबार, असार २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












