संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दै
सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठक बिहान ११ : ३० बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय महत्वकाअभिलेखहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
काठमाडौं, असार २४ : संघीय संसद अन्तर्गतका आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र अर्थ समिति गरेर दुईवटा समितिको बैठक बस्दै छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठक बिहान ११ : ३० बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय महत्वकाअभिलेखहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
त्यसैगरि, अर्थ समितिको बैठक दिउँसो २ बजे सिंहदरबारस्थित अर्थसमितिको बैठक कक्षमानै बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर र अर्थ सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: ०९:०५ बजे, सोमबार, असार २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार