Kathmandu Press

बेथानचोकमा २९ महिलालाई सातु बनाउने व्यावसायिक तालिम

५ दिनसम्म सञ्चालित व्यावसायिक सातु बनाउने तालिममा २० देखि ५५ वर्ष सम्म उमेर समूहका अविवाहित, विवाहित, एकल महिलाहरुको सहभागिता रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए ।
बेथानचोकमा २९ महिलालाई सातु बनाउने व्यावसायिक तालिम

काठमाडौं, असार २४ : बेथानचोक गाउँपालिकामा गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत २९ जनालाई सातु बनाउने व्यावसायिक तालिम दिइएको छ ।

५ दिनसम्म सञ्चालित व्यावसायिक सातु बनाउने तालिममा २० देखि ५५ वर्ष सम्म उमेर समूहका अविवाहित, विवाहित, एकल महिलाहरुको सहभागिता रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए।

उनका अनुसार वागमती प्रदेश सामाजिक विकास मन्त्रालयको ८० प्रतिशत र बाँकी बेथानचोक गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो । तालिमका सहभागीहरुलाई पोषणका क्षेत्रमा लामो समय सक्रिय जनस्वास्थ्य निरीक्षक दीक्षा थापाले तालिम दिएकी हुन् । सर्वोत्तम पिठो बनाउने कार्यमा उनी दक्ष छिन्। 

sss-1720414872.jpg

समापन कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले तालिमबाट आर्जिक सीपले उद्यमी बन्न आग्रह गरे। उनले केही गर्छु भन्ने उद्यमशील र जागरुक व्यक्तिलाई गाउँपालिकाले सरोकारवालाहरुसँगको समन्वयमा सहयोग गर्ने बताए। 

उपाध्यक्ष तारा राना तिमल्सिनाले महिलाहरुलाई थप सशक्तिकरण गर्न गाउँपालिकाले विभिन्न गतिविधि गर्दै जाने बनाईन्। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, प्रसाशकीय अधिकृत विश्वनाथ दाहाल, वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, वडा सदस्य रिता केसी लगायतले आर्जित सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए। 

l5FL2V2f-1720414899.jpg
 

प्रकाशित मिति: ०८:२१ बजे, सोमबार, असार २४, २०८१