Kathmandu Press

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९,०८०’ पेस गर्ने सम्भावित कार्यसूची छ । 
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौं, असार २४ : संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९,०८०’ पेस गर्ने सम्भावित कार्यसूची छ । 

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यसूची छ । 

प्रधानमन्त्री एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचारका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: ०७:३० बजे, सोमबार, असार २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्