Kathmandu Press

‘असार २८ गतेअघि मन्त्रालय भागवण्डाको टुंगो लाग्दैन’

हामी अहिले आलोपालो गरेर सरकार चलाउने भनेर कांग्रेससँग सहकार्य गरेका हौं। २८ गते सम्मानीय प्रधानमन्त्रीले राजीनामा दिएर सहज मार्ग प्रस्तुत गर्नुभयो भने हामी मन्त्रालयको भागबण्डा टुंगो लगाउँछौं,’ उनले भने।
‘असार २८ गतेअघि मन्त्रालय भागवण्डाको टुंगो लाग्दैन’

काठमाडौं, असार २३ : नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि असार २८ गते बेलुकासम्म मन्त्रालय भागबन्डा टुंगो लाग्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकपछि पत्रकारहरु कुराकानी गर्दै बर्तौलाले असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका कारण त्यसअघि मन्त्रालयको टुगो लाग्ने संभावना नरहेको बताए।

Hardik ivf

हामी अहिले आलोपालो गरेर सरकार चलाउने भनेर कांग्रेससँग सहकार्य गरेका हौं। २८ गते सम्मानीय प्रधानमन्त्रीले राजीनामा दिएर सहज मार्ग प्रस्तुत गर्नुभयो भने हामी मन्त्रालयको भागबण्डा टुंगो लगाउँछौं,’ उनले भने।

कांग्रेससँगको समझदारी अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भए पनि मन्त्रालय भागबन्डाको विषय टुंगो लाग्न समय लाग्ने उनले बताए।

राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरिएकाले कांग्रेससहितका अन्य राजनीतिक दलहरूसँग पुनः छलफल गरेर मात्रै मन्त्रालयको भागबण्डामा टुंगो लगाइने जानकारी पनि उनले गराए।

असार २८ गते बेलुकासम्म मन्त्रालयको भागबन्डा टुंगो लगाउने गरी कांग्रेससहितका दलहरूसँग छलफल हुने उनले बताए।

 

प्रकाशित मिति: १८:१३ बजे, आइतबार, असार २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्