नेकपा एसले १० भित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने
आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारीअन्तर्गत केही दिनभित्र केन्द्रीयसदस्यहरुको ड्राफ्ट तयार भएपछि केन्द्रसँग परामर्श गर्ने र अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई नै रहनेगरी निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए।
काठमाडौं, असोज २३ : नेकपा एकीकृत समाजवादीले प्रदेश इन्चार्ज र सचिवहरूलाई केन्द्रीय कमिटी सदस्यहरुको खाका तयार गर्नका लागि जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।
आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारीअन्तर्गत केही दिनभित्र केन्द्रीयसदस्यहरुको ड्राफ्ट तयार भएपछि केन्द्रसँग परामर्श गर्ने र अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई नै रहनेगरी निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए।
‘बैठकले पूर्णता दिनका लागि प्रदेशका यसभन्दा पहिला इन्चार्ज भएकाहरूलाई यथावत गरेका छौँ आन्तरिम व्यवस्थाका लागि। प्रदेशका इन्चार्ज र सचिवहरूसहितको केन्द्रीय कमिटीमा भएका सदस्यहरूसहित परामर्शमा प्रदेश र जिल्लाबाट क्लस्टर मिलाइ आवश्यक व्यवस्था गर्नका लागि र केन्द्रीय सदस्यमा मनोनयन गर्ने ड्राफ्ट तयार गर्न जिम्मेवारी प्रदान गरिएको छ,’ उनले भने, ‘जिम्मेवारीअन्तर्गत केही दिनभित्र उहाँहरूले आफ्नो काम सम्पन्न गर्नुहुनेछ। अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई नै रहनेछ। बढीमा १० दिनभित्रमा काम सम्पन्न गरी कमिटीलाई पूर्णता प्रदान गर्नेछौं भन्ने निर्णय भएको छ’
पार्टीले जनतालाई सर्वसम्मत नेतृत्व चयन गरेको सन्देश दिएको भन्दै प्रतिनिधिहरु उत्साहित भएर घर फर्किसकेको दाबी गरे।