Kathmandu Press

त्रिविमा कार्यकर्ता भर्ती गर्ने दिन गए : मन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले नेपालको शिक्षा क्षेत्र र नेपालकै समग्र भविष्य बारे जिम्मेवार सबैले हरेक सरकार, प्रधानमन्त्री, मन्त्रीले यसलाई समर्थन र निरन्तरता दिएर अगाडि बढ्नुपर्ने समेत जिकिर गरेकी छन्।
त्रिविमा कार्यकर्ता भर्ती गर्ने दिन गए : मन्त्री श्रेष्ठ

काठमाडौं, असोज २३ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा कार्यकर्ता भर्ती गर्ने दिनको अन्त्य भएको दाबी गरेकी छिन्।

त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ जारी भएको जानकारी दिँदै अबदेखि दलीय राजनीतिका आधारमा त्रिविमा नियुक्ति नहुने बताएकी हुन्।

Hardik ivf

‘त्रिविमा कार्यकर्ता भर्ती गर्ने दिन गए, त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ अनुसार अब विश्वविद्यालयका डीन, क्याम्पस प्रमुख लगायतका पदमा उम्मेदवारले राजनीतिक दलमा आवद्ध नभएको स्वघोषणा गर्नुपर्ने भएको छ, शिक्षा सुधारको मुख्य अवरोध दलीय राजनीति हो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्।

मन्त्री श्रेष्ठले यो विनियम मस्यौदा गरी जारी गर्ने त्रिवि नेतृत्वप्रति आभार समेत व्यक्त गरेकी छन्। साथै मन्त्री श्रेष्ठले नेपालको शिक्षा क्षेत्र र नेपालकै समग्र भविष्य बारे जिम्मेवार सबैले हरेक सरकार, प्रधानमन्त्री, मन्त्रीले यसलाई समर्थन र निरन्तरता दिएर अगाडि बढ्नुपर्ने समेत जिकिर गरेकी छन्।

‘स्वघोषणा गलत ठहरिए पदच्युत हुने गरी कार्यान्वयनमा खुट्टा कमाइएन भने त्रिवि सुधारका लागि यो एउटा युगान्तकारी कदम हुनेछ, यो विनियम मस्यौदा गरि जारी गर्ने त्रिवि नेतृत्वप्रति आभार व्यक्त गर्छु,’ उनले लेखेकी छिन्, ‘साथै नेपालको शिक्षा क्षेत्र र नेपालकै समग्र भविष्य बारे जिम्मेवार सबैले–हरेक सरकार, प्रधानमन्त्री, मन्त्रीले यसलाई समर्थन र निरन्तरता दिनैपर्छ।’

प्रकाशित मिति: १७:१४ बजे, आइतबार, असार २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्