राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथयात्रा शुभारम्भ
राष्ट्रपति पौडेलले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा आज आयोजित एक समारोहमा महोत्सवको शुभारम्भ गरेका हुन्। सो अवसरमा राष्ट्रपति पौडेलले भगवान् जगन्नाथको पूजाअर्चना गरेका थिए।
काठमाडौं, असार २३ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन)द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका छन्।
राष्ट्रपति पौडेलले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा आज आयोजित एक समारोहमा महोत्सवको शुभारम्भ गरेका हुन्। सो अवसरमा राष्ट्रपति पौडेलले भगवान् जगन्नाथको पूजाअर्चना गरेका थिए।
इस्कोनले प्रत्येक वर्ष आषाढ शुक्ल द्वितीयाका दिन काठमाडौँमा रथयात्रा गर्दै आएको छ।
द्वापरयुगमा गोपिनीहरुले द्वारकाबाट श्रीकृष्णलाई रथयात्रा गरी वृन्दावन लगेको सम्झनामा नेपालमा सन् १९७७ देखि यो यात्रा गर्न थालिएको इस्कोनका सचिव रुपेश्वर गौरवदासले राससलाई जानकारी दिए। आजका दिन नेपाललगायत १६५ देशमा रथ यात्रा आयोजना गरिएको उनले सुनाए।
प्रकाशित मिति: १६:१२ बजे, आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार