Kathmandu Press

प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने सभामुखद्वारा जानकारी

सभामुख घिमिरेले आइतबार बसेको सभाको बैठकमा उनले प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने जानकारी गराएका हुन्।
प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने सभामुखद्वारा जानकारी

काठमाडौं, असार २३ : प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिने जानकारी सभामुख देवराज घिमिरेले गराएका छन्।

सभामुख घिमिरेले आइतबार बसेको सभाको बैठकमा उनले प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने जानकारी गराएका हुन्।

Hardik ivf

सभामुख घिमिरेका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको धारा १ सयको उपधारा २ बमोजिम प्रतिनिधि सभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्।

प्रधानमन्त्री दाहालले यसअघि संसद् सचिवालयलाई पत्राचार गर्दै २८ गते विश्वासको मत लिने व्यवस्था गर्न आग्रह गरेका थिए।

प्रकाशित मिति: १५:५७ बजे, आइतबार, असार २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्