Kathmandu Press

स्याङ्जामा बढी–पहिरोले पुर्‍याएको क्षतिबारे सांसद थापाले गराए संसदमा ध्यानाकर्षण

सांसद थापाले पोखरादेखि बुटबल जोड्ने सिद्वार्थ राजमार्गमा ठाउँ–ठाउँमा पहिरो जाँदा सडक अवरुद्व भएर स्थानीयले सास्ती खेप्नुपरेको भन्दै सडक खुलाउन राज्यले पहल गर्नुपर्ने बताए।
स्याङ्जामा बढी–पहिरोले पुर्‍याएको क्षतिबारे सांसद थापाले गराए संसदमा ध्यानाकर्षण

काठमाडौं, असार २३ : नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य राजु थापाले देशका विभिन्न ठाउँमा अविरल बर्षासँगै आएको वाढी, पहिरो र डुबानबाट भएको क्षतिको बारेमा ध्यानाकर्षण गराएका छन्।

आजको प्रतिनिधि सभा बैठकको बिशेष समयमा बोल्दै बाढी, पहिरोबाट आफ्नो गृह जिल्ला स्याङ्जाका पुतलीबजार, बिरुवा, अर्जुनचौपारी र भीरकोट लगायतका पालिकाहरुमा भौतिक एवं मानवीय क्षति पुर्‍याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

Hardik ivf

प्रतिनिधिसभा अन्तर्गत स्याङ्जा क्षेत्र नं १ बाट निर्वाचित सांसद थापाले पोखरादेखि बुटबल जोड्ने सिद्वार्थ राजमार्गमा ठाउँ–ठाउँमा पहिरो जाँदा सडक अवरुद्व भएर स्थानीयले सास्ती खेप्नुपरेको भन्दै सडक खुलाउन राज्यले पहल गर्नुपर्ने बताए।

बाढी, पहिरो र डुबानमा परेकाहरुको उद्दारमा सुरक्षा निकायहरु निरन्तर खटिरहेकोप्रति धन्यवाद दिदैं उद्दारलाई थप प्रभावकारी बनाउनुपर्ने सांसद थापाले बताए।

आधिँखोला, ज्याग्दीखोला, दरौं खोला र सुरौदीखोलामा तटबन्ध निर्माण नहुँदा तटीय क्षेत्रमा वाढीले गम्भीर असर गर्नुका साथै खेतीयोग्य जमिन बगरमा परिणत भएको भन्दै उक्त स्थानहरुमा तटबन्धन निर्माणका लागि सांसद थापाले सरकारको ध्यानाकर्षण गराए।

यस्तै सरकारले पहाडमा एकीकृत बस्तीको कार्यक्रमलाई तीब्र रुपमा अगाडि बढाउन नसके भविष्यमा अझ धेरै क्षति व्यहोनुपर्नेप्रति सचेत पनि गराए।

प्रकाशित मिति: १५:१३ बजे, आइतबार, असार २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्