कांग्रेस–एमाले समीकरणमाथि आशंका छ : चित्रबहादुर केसी
एमाले र कांग्रेसबीच भएको नयाँ समीकरण बनाउने समझदारीलाई दुई भ्रष्टाचार काण्डबीच सम्झौता भएको हो भन्दै उनले प्रश्न गरे।
काठमाडौं, असार २३ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले दुई ठूला पार्टीबीच भएको सहमति भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु काण्ड लुकाउनका लागि भएको आशंका व्यक्त गरेका छन्।
आइतबार बसेको प्रतिनिसभा बैठकमा बोल्दै उनले यस्तो सहमति जनतालाई मान्य नहुने बताए।
एमाले र कांग्रेसबीच भएको नयाँ समीकरण बनाउने समझदारीलाई दुई भ्रष्टाचार काण्डबीच सम्झौता भएको हो भन्दै उनले प्रश्न गरे।
‘दुई ठूला पार्टीबीच भएको समझदारी भुटानी शरणार्थी र गिरीबन्धु काण्ड लुकाउने सम्झौता हो भने त्यो जनतालाई मान्य हुँदैन। संसद्मा स्पष्टीकरण दिँदैमा केही हुँदैन । जनताले हिसाबकिताब मज्जाले राख्छन्,’ उनले भने, ‘सुरुमै ठूलो पार्टीले सरकारको नेतृत्व गर्नुपर्दैनथ्यो? किन यहाँसम्म आएर फेरि सत्ता परिवर्तन?’
प्रकाशित मिति: १४:५४ बजे, आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












