Kathmandu Press

बागमतीका मुख्यमन्त्रीले राजीनामा नदिने, विश्वासको मत ‘फेस’ गर्ने

माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदबाट विश्वासको मत लिने तयारी गरेसँगै मुख्यमन्त्री जम्कट्टेलले पनि विश्वासको मत लिने तयारी गरेका हुन्।
बागमतीका मुख्यमन्त्रीले राजीनामा नदिने, विश्वासको मत ‘फेस’ गर्ने

काठमाडौं, असार २३ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसद्बाट विश्वासको मत ‘फेस’ गर्ने भएका छन्।

माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदबाट विश्वासको मत लिने तयारी गरेसँगै मुख्यमन्त्री जम्कट्टेलले पनि विश्वासको मत लिने तयारी गरेका हुन्।

Hardik ivf

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको आइतबार बसेको बैठकले विश्वासको मत फेस गरेर अघि बढ्ने निर्णय लिएको छ।

एमालेका मन्त्रीहरूको राजीनामा बुझेपछि विश्वासको मत लिने मिति तय गरिने भएको छ। एमालेका मन्त्रीहरूले आइतबार नै पदबाट राजीनामा दिने तयारीमा छन्।

जम्कट्टेल नेतृत्वको सरकारमा एमालेबाट संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ सरकारमा थिए।

एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि कांग्रेससँगको गठबन्धन सरकार गठनको तयारी गरिने भएको छ।

प्रकाशित मिति: १४:३१ बजे, आइतबार, असार २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्