कसैले चाहँदैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : सांसद दाहाल
‘सरकारमा सहभागी दलले समर्थन फिर्ता लिइसकेपछि सरकारले महिना दिनभित्र विश्वासको मत लिने संवैधानिक प्रावधान रहेकाले प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिदैहुनुहुन्छ’ दाहालले भने।
काठमाडौं, असार २३ : माओवादी सांसद लेखनाथ दाहालले कसैले चाहँदैमा प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नआउने बताएका छन्।
आइतबार प्रतिनिधिसभामा सांसद दाहालले सरकारलाई दिएको समर्थन फिर्तापछि एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक अधिकार भएकाले संविधानानुसार प्रधानमन्त्री अघि बढ्ने बताए।
‘सरकारमा सहभागी दलले समर्थन फिर्ता लिइसकेपछि सरकारले महिना दिनभित्र विश्वासको मत लिने संवैधानिक प्रावधान रहेकाले प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिदैहुनुहुन्छ’ दाहालले भने।
दाहालले संवैधानिक प्रावधानानुसार विश्वासको मत लिन खोज्नुमा अनैतिक र भ्रष्टहरूले नैतिकताको पाठ सिकाउन जरुरी नरहेको बताए।
प्रकाशित मिति: १४:०५ बजे, आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार