Kathmandu Press

बाढी-पहिरोबाट दुई दिनमै १४ जनाको मृत्यु

राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो र बर्षादका कारण तनहुँमा ३, स्याङ्जामा ३ जनाको मृत्यु भएको छ त्यसैगरी काभ्रेमा २, पर्वतमा २ र दाङमा २, काठमाडौं र उदयपुरमा १÷१ जनाको मृत्यु भएको छ।
बाढी-पहिरोबाट दुई दिनमै १४ जनाको मृत्यु

काठमाडौं, असार २३ : शुक्रबार रातिदेखि लगातार परेको अविरल वर्षादका कारण बाढी पहिरोमा परि १४ जनाको मृत्यु भएको छ।

राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो र बर्षादका कारण तनहुँमा ३, स्याङ्जामा ३ जनाको मृत्यु भएको छ त्यसैगरी काभ्रेमा २, पर्वतमा २ र दाङमा २, काठमाडौं र उदयपुरमा १÷१ जनाको मृत्यु भएको छ।

बर्षाका कारण तराई मधेशमा डुबानमा परेको छ भने पहाडमा पहिरोको उच्च प्रकोप देखिएको थियो।

दुई दिनदेखि परेको बर्षाका कारण १४७ परिवार प्रभावित भएका छन् भने बस्ती, घर, सडकलगायतका भौतिक संरचनामा समेत क्षति पुगेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि मौसममा सुधार आउने पूर्वानुमान छ।

प्रकाशित मिति: १४:११ बजे, आइतबार, असार २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्