Kathmandu Press

सरकार धारा ७२(२) अनुसार नै बन्ने एमालेको ठहर

संसदीय दलको बैठकले सर्वोच्च अदालतका नजिर, राजनीतिक, संवैधानिक र व्यावहारिक सबै कारणहरूबाट धारा ७६(२) बमोजिम नै सरकार बन्ने निक्र्योल गरेको हो।
सरकार धारा ७२(२) अनुसार नै बन्ने एमालेको ठहर

काठमाडौं, असार २३ : नेकपा एमालेले अब बन्ने सरकार संविधानको धारा ७६(२) अनुरुप नै बन्ने बताएको छ।

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आइतबार बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतका नजिर, राजनीतिक, संवैधानिक र व्यावहारिक सबै कारणहरूबाट धारा ७६(२) बमोजिम नै सरकार बन्ने निक्र्योल गरेको हो।

Hardik ivf

दुई ठूला दलहरू कांग्रेस र एमाले मिलेर असार २८ पछि ७६(२) बमोजिम प्रक्रियामा जाने एमालेले स्पष्ट पारेको छ।

एमालेले धारा ७६(३) बमोजिम ठूलो दलको हिसाबले सरकार बनाउने भन्ने माओवादी केन्द्रको व्याख्यालाई भ्रमपूर्ण प्रचार भनेको छ।

मुलुकलाई अस्थिरतातर्फ लैजान माओवादी केन्द्रले भ्रम सिर्जना गर्न खोजेको समेत एमालेले बताएको छ।

 

प्रकाशित मिति: १३:०३ बजे, आइतबार, असार २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्